राजावादीको कार्यक्रम बिथोलियो, तीनकुने क्षेत्र अशान्त–घरमा आगलागी
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ । राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।
यसैबिच तीनकुने क्षेत्रको एक घरमा आगलागी भएको छ । प्रदर्शनकारीले प्रदर्शन र ढुंगामुढा गरिरहेकै बेला आगलागी भएको हो । आगलागी आफैँ भएको हो या आन्दोलनकारी गरेको आगलागी गरेको हो भन्नेबारे स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ ।
अहिले आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेको छ । प्रत्यक्षदर्शीले आगलागी हुनुअघि भने उक्त घरमा ढुंगामुढा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण