हिंसात्मक बन्यो राजावादीको प्रदर्शन
काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।
राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गर्यो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोली समेत प्रहार भएको छ ।
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको कम्मरमा गोली लागेको प्रदर्शनस्थलमा रहेका रातोपाटी संवाददाताले जनाएका छन् ।
यस्तै झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको बताइएको छ । झपडका क्रममा घाइते भएकामध्ये ४ जना सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् । यसैगरी घरहरुमा तोडफोड भएको छ भने एक घरमा आगजनी भएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी भएको छ ।
नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो । प्रदर्शन हिंसात्मक बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण