राजावादी प्रदर्शनका क्रममा भएको आक्रमणको एनटीयूसीद्वारा भर्त्सना
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले शुक्रबारको प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शन, आक्रमण र तोडफोडप्रति भर्त्सना गरेको छ ।
शनिबार महासंघका महासचिव अजय कुमार राईले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजाका समर्थकद्वारा भएको हिंसात्मक प्रदर्शन, निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा सवारी साधनमा तोडफोड र आगजनी गरेको भन्दै भर्त्सना गरेको हो ।
महासंघले यस्तो अमानवीय, अराजक, हिंसात्मक तथा अमर्यादित घटनाले देशलाई आन्तरिक द्वन्द्व धकेल्नु बाहेक केही नहुने भन्दै राजनीतिक परिवर्तनको नाममा भएका यस्ता उच्छृङ्खल घटनाप्रति खेद प्रकट गरेको छ । सुरक्षा निकायले समेत यस्ता गतिविधि नियन्त्रण गरी शान्ति र सुरक्षाको प्रत्याभूत गर्न सक्नुपर्ने महासङ्घको भनाइ छ ।
एनटीयूसीले हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउने पत्रकार सुरेश रजकको उचित क्षतिपुर्ति र घाइतेको उपचारमा गम्भीर भन्न सरकारसँग माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण