मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
पोखरा । नेपाल मणिपाल शिक्षण अस्पतालमा शुक्रबार आयोजित 'The Quiz Odyssey-MeLeSoN Inter-College Forensic Medicine Quiz Season3 सफलतापूर्वक सम्पन्न भएको छ।
Medicolegal Society Nepal (MeLeSoN)द्वारा प्रत्येक वर्ष आयोजना गरिने प्रतियोगितामा नेपाल भरिका मेडिकल कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एसपी श्यामबाबु ओलिया रहेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै महाराजगंज मेडिकल कलेजको टिमले प्रथम स्थान, कलेज अफ मेडिकल साइन्सेसले द्वितीय स्थान तथा गण्डकी मेडिकल कलेजले तृतीय स्थान हासिल गर्न सफल भए । विजेतालाई रु २५,००० तथा द्वितीय र तृतीय हुने टिमलाई क्रमश रु १५००० र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूलाई फरेन्सिक मेडिसिनको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ । प्रतियोगिताको सड्डल आयोजनामा MeLeSoN का अध्यक्ष डा नुवादत्त सुवेदीको मार्गदर्शन तथा योगदान महत्वपूर्ण रह्यो । साथै, कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरू– पिक कन्स्ट्रक्सन, लक्ष्मी सनराइज बैंक, समीक्षा पब्लिकेशन, तथा मिडिया पार्टनर रातोपाटीलाई विशेष धन्यवाद व्यक्त गरिएको छ ।
प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन तथा उत्साहजनक सहभागिताका कारण यसवर्षको संस्करण अत्यन्त प्रभावशाली रह्यो, जसले आगामी वर्षहरूमा अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रेरणा प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण