ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एकैपटक ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजावादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै महानगरले जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
शुक्रबारकै मितिमा काटेर शनिबार सार्वजनिक भएको पत्रको चलानी नम्बर ४५५ देखि ४६२ सम्म रहेका छन् । तीनकुनेमा आयोजना गरिएको सडकपेटीमा जथाभावी फोहोर गरेकाले १ लाख जरिवाना गरिएको छ । यस्तै महादेवस्थान क्षेत्रको सडक तथा सडक पेटीमा फोहोर १ लाख, महानगरको , दमकल फुटाएकामा १ लाख ३० हजार क्षतिपूर्ति, वातावरण प्रदूषण गरेकोमा १ लाख जरिवाना गराइएको छ ।
यस्तै जडीबुटी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकामा १ लाख, बालकुमारी क्षेत्रको सडक तथा फुटपाथमा क्षति गरेकोमा १ लाख, तीनकुनेमै बोटबिरुवा र रेलिङ क्षति गरेकोमा ६३ हजार र सिनामंगल क्षेत्रमा फोहोरमैला गरेकोमा थप १ लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण