१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार

- दुर्गा अझै फरार, धमाधम पक्राउ पर्दै प्रदर्शनकारी
व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँ यतिबेला फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
- राजावादीको हिंसात्मक आन्दोलन
नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
- ज्ञानेन्द्र शाहलाई जरिवाना
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।
- विज्ञप्तिबाट ‘ब्याक’
व्यवस्था उल्टाउने भन्दै घोषणा गरिएको चैत १५ गतेको राजावादीहरूको आन्दोलनको पूर्वसन्ध्यमा राष्ट्रिय जीवनका विविध क्षेत्रमा ‘विशिष्ट’ योगदान पुर्याउने ३२ जना भेला भएका थिए । सो भेलाले राजावादीहरूले गर्ने भनिएको आन्दोलनमा समर्थन जनाएको भन्दै अपिल समेत निकालेको थियो ।
- कहालीलाग्दो बसाइँसराइ तथ्यांक
२०७८ सालमा नेपालमा रहेको जीवित जनसंख्यामध्ये १ लाख ५७ हजार ४०४ जनाको जन्म भोजपुर जिल्लामा भएको थियो । त्यसमध्ये १ लाख ४६ हजार ९५२ जना (९३.०४ प्रतिशत) अहिले भोजपुरमा बस्दैनन् ।
- त्रिविका कुरा
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । बिरामी भएको कारण देखाउँदै शनिबार बरालले राजीनामा दिएका हुन् । बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए ।
- राप्रपा बैठक
राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
- लुम्बिनी प्रदेशका दुई औद्योगिक क्षेत्र
सरकारले घोषणा गरेको एक दशक पुग्न लाग्दा लुम्बिनी प्रदेशका दुई वटा औद्योगिक क्षेत्र निर्माण लागि बल्ल सडक निर्माण र जग्गा यकिनको काम हुन थालेको छ । संघीय सरकारले २०७२ सालमा देशका विभिन्न ठाउँसँगै बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।
- शनिबार विशेष
- फोटोफिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै
-
३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड
-
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
-
विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध प्रहरीमा उजुरी