‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ । काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गर्नुपर्ने पार्टीले माग गरेको हो ।
प्रवक्ता मनिष कुमार सुमनले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउन, धनजनको सुरक्षा गर्न, हिंसात्मक घटना हुन नदिन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई रक्षा गरी संस्थागत गर्न आवश्यक ठोस् कदम चाल्नु पर्दछ। प्रतिक्रान्ति तथा प्रतिगमनकारी राजावादी शक्तिहरूलाई परास्त गर्दै जनआन्दोलन, जनविद्रोह र ऐतिहासिक मधेस जनविद्रोह लगायतका संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरूको रक्षा गरी मुलुकमा देखा परेका समस्याहरू खास गरी भ्रष्टाचार, लुटतन्त्र, कमिशनतन्त्र, अराजकता र दण्डहीनता, तथा जातीय, लैङ्गिक, वर्ण तथा वर्गका आधारमा हुने गरेका उत्पीडन, विभेद र असमानताको स्थितिलाई अन्त्य गर्दै मुलुकमा सुशासन, समानता, सामाजिक न्यायका साथै विकास र समृद्धिका लागि ठोस् कार्य गर्न समेत आग्रह गरिन्छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सर्वोत्तम लोकतान्त्रिक प्रणाली हो । यसमा आ(आफ्नो विचार राख्न, सभा, संगठन गर्न, विरोध गर्न पाउने स्वतन्त्रता र अधिकार सबैका लागि समान हुने पनि पार्टीको जिकिर छ । पार्टीले विगतका तीन दशक देखि कांग्रेस र कम्युनिस्टहरूले शासन गर्दा सत्ता र शक्तिको दम्भले जनतालाई प्रत्याभूति हुने गरी सुशासन, विकास र समृद्धिका लागि कार्य गर्न नसकेको बताएको छ ।
‘जसबाट आम जनतामा उत्पन्न भएको नैराश्य र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दूराज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागी २०८१ साल चैत्र १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्यासमेत गरिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण