तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 'राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ,' बैठकपछि पत्रकारहरूसँग महतले भने ।
भिड अराजक देखिएको र घटनाप्रति आफूहरू गम्भीर भन्दै भर्त्सना गरेको पनि उनले बताए ।
उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनासयका साथ अराजकता मच्चाउने कार्य भएको बताए । पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले दाबी गरेको छ । यस्तै कांग्रेसले वर्तमान संविधान पक्षधरको बैठक बोलाउने निष्कर्षसमेत निकालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण