पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ गरिएका १०५ जना प्रदर्शनकारीहरूको ‘स्क्रिनिङ’ सुरु गरेको छ । प्रदर्शनमा क्रममा भएको आगजनी, तोडफोड, लुटपाटलगायतमा उनीहरूको संलग्नता यकिन गर्ने काम प्रहरीले गरिरहेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने क्षेत्रमा गरेको आन्दोलनका क्रममा एकजना पत्रकारसहित दुई जना मारिएका छन् । त्यस्तै, नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कूल ७५ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, प्रहरी प्रभाग कोटेश्वर, एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटसमेत गरेका थिए । उनीहरूले १४ स्थानमा आगजनी, ९ वटा संस्था र कार्यालयमा तोडफोड र १ स्थानमा लुटपाट मच्चाएका थिए । उनीहरूले ९ वटा सरकारी सवारी साधन र ६ वटा निजी सवारी साधनमासमेत क्षति पुर्याएका थिए ।
परिसरका एसएसपी विश्व अधिकारीका अनुसार प्रहरीले यतिबेला घटनाको भिडियो, सिसिटिभी फुटेजलगायत प्रमाणहरूको आधारमा पक्राउ परेकाहरूको संलग्नता यकिन गरिरहेको छ । पक्राउ परेकाहरूसँग सोधपुछ पनि भइरहेको उनले बताए ।
घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।
पक्राउ परिएकाहरुलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने एसएसपी अधिकारीको भनाई छ । उनीहरूलाई के–कस्ता मुद्दा चलाउने भन्ने विषयमा सरकारी वकिलसँग छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘आगजनी, सार्वजनिक शान्ति खलल पुर्याएको, लुटपाटलगायत विभिन्न विषयहरू आकर्षित हुनसक्छन्,’ रातोपाटीसँग कुराकानी गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण