संसद्
सदनको गतिरोध हटाउन सभामुखले थाले प्रमुख सचेतकहरूसँग छलफल
आइतबार, १७ चैत २०८१, ११ : १४
काठमाडौँ । प्रतिनिधिसभामा भइरहेको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
विपक्षी दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै बुधवारबाट प्रतिनिधिसभामा अवरोध गर्दै आएका छन् ।
बुधवार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रवार भने सोमबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण