प्रधानमन्त्री ओली असहिष्णु र गैरजिम्मेवार देखिए : माओवादी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र गैरजिम्मेवार भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्री ओली स्वयं अराजकता र बेथितिलाई मलजल गर्न लागिरहेको आरोप लगाए ।
‘प्रधानमन्त्रीज्यू असहिष्णु र गैरजिम्मेवार देखिनु भएको छ,’ सापकोटाले पत्रकारहरूसँग भने, ‘उहाँ अराजकता र बेथितिलाई मलजल गर्न लागिरहनु भएको छ ।’
व्यवस्थाप्रति नै प्रश्न उठाएर शुक्रबार तीनकुनेमा घटाइएको घटनाबारे प्रतिपक्षी दलहरूले माग नगरे पनि संसद्मा आएर जवाफ दिनुपर्नेमा प्रधानमन्त्री ओलीले विपक्षीले माग गर्दा पनि संसद्लाई टार्ने काम गरेको उनले बताए ।
उनले प्रधानमन्त्रीले संसद्लाई रेस्पोन्स नगरेको पनि बताए । ‘हामीले जवाफ नमागेको भए पनि प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने हो, आउनुभएन,’ सापकोटाले भने, ‘सिङ्गै नेपाललाई आश्वस्त बनाउने गरी जवाफ दिनुपर्नेमा प्रधानमन्त्रीले संसदलाई रेस्पोन्स गरिरहनुभएको छैन ।
माओवादीले संसद्को लाइभ सुनियोजित रूपमा बन्द गरिएको आरोपसमेत लगाएको छ । ‘संसद्को लाइभ बन्द गरियो, सुनियोजित भयो भन्ने हाम्रो माग हो,’ उनले भने ।
संसद्मा विपक्षीभन्दा सत्ता पक्ष उग्र देखिएको आरोप पनि विपक्षीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण