भूकम्प पछि पनि म्यानमारमा सैन्य हवाई हमला जारी
आइतबार, १७ चैत २०८१, १४ : ५३
_hjvzGQw25L.jpg)
यंगुन । म्यानमारको सैन्य शासक जुन्टाले देशमा महाविनाशकारी भूकम्पपछि पनि प्रजातन्त्र समर्थक विद्रोही समूहहरूमाथि हवाई आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले यसलाई पूर्णतया अस्वीकार्य भनेको छ ।
जुन्टा आक्रमणमा सात जनाको मृत्यु भएको पुष्टि बीबीसी बर्माले गरेको छ । भूकम्प गएको तीन घण्टा पनि नबित्दै सेनाले आक्रमण गर्न थालेको बताइएको छ ।
जन्टाले भूकम्पको केन्द्रबिन्दु, सागिङको चाङ–यू टाउनशिप र अन्य स्थानहरूमा हवाई आक्रमण गरेको थियो । म्यानमार–थाइल्याण्ड सीमा नजिकैका ठाउँहरूमा पनि आक्रमण भइरहेको खबर आएको छ ।
यसैबिच, म्यानमारको सैन्य परिषद्ले भूकम्पबाट मृत्यु हुनेको संख्या बढेर १६४४ पुगेको जनाएको छ । भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो
-
हेडलाइनमा आउन आफ्नो नाम प्रयोग गरेको भन्दै अभिनेत्री मावरा आक्रोशित
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
-
सुरक्षित हुन्छ त पिउने सनस्क्रिन ?
-
एकदिवसीय करियरबाट संन्यास लिनेबारे रोहितले के भने ?