भूकम्प पछि पनि म्यानमारमा सैन्य हवाई हमला जारी
आइतबार, १७ चैत २०८१, १४ : ५३
यंगुन । म्यानमारको सैन्य शासक जुन्टाले देशमा महाविनाशकारी भूकम्पपछि पनि प्रजातन्त्र समर्थक विद्रोही समूहहरूमाथि हवाई आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले यसलाई पूर्णतया अस्वीकार्य भनेको छ ।
जुन्टा आक्रमणमा सात जनाको मृत्यु भएको पुष्टि बीबीसी बर्माले गरेको छ । भूकम्प गएको तीन घण्टा पनि नबित्दै सेनाले आक्रमण गर्न थालेको बताइएको छ ।
जन्टाले भूकम्पको केन्द्रबिन्दु, सागिङको चाङ–यू टाउनशिप र अन्य स्थानहरूमा हवाई आक्रमण गरेको थियो । म्यानमार–थाइल्याण्ड सीमा नजिकैका ठाउँहरूमा पनि आक्रमण भइरहेको खबर आएको छ ।
यसैबिच, म्यानमारको सैन्य परिषद्ले भूकम्पबाट मृत्यु हुनेको संख्या बढेर १६४४ पुगेको जनाएको छ । भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण