जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ सेल अश्रुग्यास प्रहार
आइतबार, १७ चैत २०८१, १५ : २५
काठमाडौं । १५ दिन अघिको घटनालाई लिएर जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही मानिस घाइते भएका छन् । तर, उनीहरुबारे विस्तृत विवरण आइसकेको छैन ।
छुरा प्रहारको घटनामा दोषी पक्राउको माग गर्दै जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि झडप भएको हो । सोक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थियो । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण