७८ कर्मचारी स्थायी गर्दै गण्डकी विश्वविद्यालय, प्रक्रिया रोक्न अदालतको आदेश
पोखरा । गण्डकी विश्वविद्यालयले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्थायी गर्ने तयारी गरेको छ । कर्मचारी स्थायी गर्नका लागि पत्रिकामा सूचना समेत जारी भैसकेको छ । एकै पटक ७८ प्राध्यापक तथा कर्मचारीहरू स्थायी गर्ने तयारी विश्वविद्यालयको छ ।
विश्वविद्यालयले स्थायी गर्ने तयारी गरिरहँदा उच्च अदालत पोखराले भने तत्काल प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता मनोज घर्ती मगरले प्रतिस्पर्धा विना ठुलो संख्यामा कर्मचारी स्थायी गर्न नमिल्ने भन्दै शुक्रबार रिट दर्ता गरेका थिए ।
विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिले हालसम्म करारमा नियुक्त भएर कार्यरत शिक्षक कर्मचारीहरूलाई स्थायी नियुक्ति दिन लागेको हो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पदपूर्तिको सबै काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
अर्को आदेश नभएसम्म विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन भनेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण