मनोरञ्जन
‘स्त्री २’ अभिनेता राजकुमार रावसँग निकिता चण्डक किन ?
आइतबार, १७ चैत २०८१, १५ : ५९
काठमाडौं । अभिनेत्री निकिता चाण्डक यतिबेला बलिउड फिल्मको तयारीमा छिन् । बलिउड निर्देशक संजयलीला भन्सालीको आगामी प्रोजेक्टमा उनले काम गर्ने केही अगाडि सार्वजनिक भएको छ ।
पूर्व मिस नेपालसमेत रहेकी चण्डक बलिउड फिल्म अगाडि ‘स्त्री–२’ अभिनेता राजकुमार रावसँग विज्ञापनमा देखिएकी छिन् । दुबै टीटी नामक गञ्जीको बिज्ञापनमा देखिएका हुन् ।
‘विज्ञापन सुटबाट...’ क्याप्सनसहित निकिताले इन्स्टाग्राममा राजकुमारसँगको छोटो क्लिप सेयर गरेकी छन् । पोस्टमा अभिनेता रावलाईसमेत मेन्सन गरिएको छ ।
चण्डक अभिनेता बिराज भट्टको फिल्म ‘साङ्लो’बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । उनी पछिल्लो समय फिल्म ‘राजागञ्ज’मा देखिएकी थिइन् । निकिताले सन् २०१७ मा मिस नेपालको उपाधि जितेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण