८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
काठमाडौंँ । अभिनेता सुशांक मैनालीले अभिनयमा कमब्याक गर्ने भएका छन् । उनी चलचित्र ‘जनै हराएको बाहुन’ मार्फत ८ बर्षपछि चलचित्रमा फर्कन लागेका हुन् ।
फिल्म ‘साँघुरो’बाट अभिनयमा डेब्यु गरेका उनले यो चलचित्रबाट राष्ट्रिय अवार्ड समेत जितेका थिए । उनी अभिनित पछिल्लो चलचित्र ‘जंगे’ २०७३ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ‘टलकजंग भर्सेस टुल्के’ र ‘को आफ्नो’मा काम गरेका थिए ।
‘जनै हराएको बाहुन’मा सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा भएकाले अभिनय गर्न लागेको मैनालीले बताए । लामो समय अमेरिका बसेका उनी निर्माता पनि हुन् । उनले निर्माण गरेको चलचित्र ‘भूठान’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
हिमाल न्यौपानेको निर्देशन रहने ‘जनै हराएको बाहुन’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडी, रेअर राईको पनि अभिनय रहनेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथालाई समेटेको छ ।
पेपर क्लिपले निर्माण गर्न लागेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । यसमा थानेश्वर गौतमको संगीत रहनेछ । यही चैत २५ गतेदेखि छायांकन सुरु हुन लागेको चलचित्रको प्रदर्शन मिति हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गतेलाई घोषणा गरिएको छ ।
काठमाडौं र पाल्पामा छायांकन हुने चलचित्रमा नवीन गुरुङको छायांकन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण