प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
काठमाडौँ । प्रेस सेन्टर नेपालको नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र देखिएको छ । अध्यक्ष पदका लागि युद्ध पत्रकारिता गरेका घाइते पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल गिरी मैदानमा छन् ।
काठमाडौँमा स्थापित संवाद डबली सञ्चालित गर्दै आएका दीपेन्द्र रावल क्रियाशील पत्रकारका रूपमा परिचित छन् । पत्रकारितामा क्रियाशील रावल र गिरिबिच प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका लागि रूवी श्रेष्ठ र सुरेशचन्द्र अधिकारी प्रमुख दाबेदार छन् । रेडियो नेपालमा कार्यरत श्रेष्ठले लामो समयदेखि प्रसारण पत्रकारितामा योगदान दिएकी छिन् । उनी रेडियो मिर्मिरेमा पनि लामो समय काम गरेकी हुन ।
उता, सुरेशचन्द्र अधिकारी भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालको सचिवालय सदस्यको रूपमा कार्यरत छन् । उनी पत्रकारहरूमाझ लोकप्रिय छन् ।
महासचिव पदमा शर्मा र घर्ती
महासचिव पदका लागि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दीपेन्द्र शर्मा र मनाेज घर्ती प्रतिस्पर्धामा छन् । घर्ती यसअघि महासचिव बन्न नपाएपछि तीन वर्षसम्म संगठनबाट टाढा रहेका थिए । उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनकाे सचिवालयमा आठ वर्ष काम गरेका थिए ।
अहिले पुनः प्रतिस्पर्धामा फर्केका घर्ती र क्रियाशील शर्मा दुवैका समर्थकहरू आ-आफ्ना पक्षमा प्रचार-प्रसारमा लागिपरेका छन् ।
कोषाध्यक्ष पदका लागि डा. दक्त धिताल र वसन्त गिरी मैदानमा छन् । आर्थिक व्यवस्थापन र संगठन सुदृढीकरणमा धिताल अगाडि देखिन्छन् ।
राजधानीमा जारी प्रेस सेन्टर नेपालको नेतृत्व चयनका लागि यो अधिवेशन निकै चासोका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण