स्थानीयको अवरोधले १५ दिनदेखि नागढुङ्गा सुरुङ मार्गमा निर्माण ठप्प
काठमाडौँ । विभिन्न मागसहित स्थानीयवासीले अवरोध गर्दा १५ दिनदेखि नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम ठप्प भएको छ । निर्माण अन्तिम चरणमा रहेको यस सुरुङ मार्गको निर्माणमा खानेपानी लगायतका विभिन्न माग राख्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले चैत ३ गते अवरोध सिर्जना गरेका थिए ।
हालसम्म पनि उनीहरूले निर्माणको काममा अवरोध गरिरहेको र अवरोध हटाउन पहल भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।
‘दुई सातादेखि निर्माण कार्य बन्द छ । उहाँहरूले आन्दोलग स्थगित माग सम्बोधन गर्न मन्त्रालयमा फाइल पठाएका छौँ । साथै उहाँहरूको माग पुरा गर्न अघि बढाएका छौँ आन्दोलन स्थगित गर्नु भनेर चार दिन अघि चिठ्ठी पनि पठाएका छौँ,’ उनले भने, ‘तर उहाँहरूले जवाफ पनि दिनुभएको छैन र आन्दोलन पनि स्थगित गर्नुभएन ।’
इन्जिनियर पन्थीका अनुसार अहिले काठमाडौँ र धादिङ दुवैतर्फको निर्माण कार्य रोकिएको छ । स्थानीयहरूले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खेतीयोग्य जमिनमा सिँचाइको विकल्पको व्यवस्था गरिनुपर्ने लगायतका विभिन्न माग राखेर १५ दिनदेखि निर्माणमा अवरोध गरेका छन् । मागहरू पूरा नगरेसम्म काम गर्न नदिने अडान लिई सुरुङको प्रवेशद्वार अगाडि ब्यानर टाँगेर बसेका छन् ।
पन्थीका अनुसार काम रोकिएको र स्थानीयसँग छलफल गरेर समाधानको प्रयास भइरहेको छ । यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले विभिन्न माग गर्दै निर्माण कार्यमा अवरोध गरेका थिए । निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङ मार्गबाट सवारी साधन चलाउने आयोजनाको टार्गेट छ । तर पटक पटक काममा अवरोध हुँदै आएको निर्माण नसकिनेमा शङ्का उब्जिन थालेको छ ।
हाल यो सुरुङ मार्गको ८६ प्रतिशत निर्माण सकिएको छ । २०७६ कात्तिक ४ मा निर्माण थालिएको उक्त सुरुङ मार्गको मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । हाल सुरुङभित्र लाइटिङ, कङ्क्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण