प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपालाई निषेध
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार राखेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई निषेध गरिएको छ । गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘प्रधानन्त्रीज्यूले बोलाउने भएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई बोलाइएन। आवश्यक नभएर नै नबोलाएको हो’, रातोपाटीसँग उनले भने ।
शुक्रबार राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका हुन् । राप्रपा राजावादी भए पनि रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल हो । यद्यपि यी दुवै दल ओली सरकारप्रति संसद् र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् ।
यस्तै उनले विपक्षी दलहरूले संसद् सञ्चालन हुन नदिएकोमा पनि असन्तुष्टि पोखे । सरकारले ल्याएको पाँचवटा प्रतिस्थापन विधेयक सोमबार १२ बजेसम्म दुवै सदनबाट अनुमोदन भइसक्नुपर्छ तर आइतबार सहमतिमै संसद् चलाउने दिनभरको प्रयास असफल भएको छ ।
‘सरकारले ल्याएको पाँच वटा प्रस्तिस्थापन विधेयक भोलि बेलुका १२ बजेसम्म दुवै सदनबाट अनुमोदन हुनुपर्छ । तर विपक्षी दलहरूले दुवै सदन चल्न दिनुभएको छैन । प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनु भएको छ । सोही बैठकले केही निर्णय गर्ला कि ?’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण