सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’
काठमाडौँ । दर्जन बढी चर्चित सेलिब्रेटी र ३१ जना ब्यवसायिक मोडल एउटै र्याम्पमा प्रस्तुत भएसँगै सकियो जोय ‘आइइसी डिजाइनर रनवे’ ।
दारबारमार्गस्थित होटल याक एण्ड यतिमा भब्य सजावटसहित आयोजित फेसन शो शुक्रबार र शनिबार साँझ आयोजना भएको थियो ।

दर्शकले भरिभराउ शोमा आइइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरनका डिजाइनहरु २५ सिक्वेलमा मोडलहरुले प्रस्तुत गरेका थिए ।

सेलिब्रेटी भने शो टपरको रुपमा र्याम्पमा देखिएका थिए । १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’मा सेलिब्रेटीतर्फ स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेललगायत र्याम्पमा देखिएका थिए ।

भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीसमेतको सहभागिता रहेको शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गरेको हो । नेपालमा आयोजना हुने अन्य फेसन शो भन्दा फरक रहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । बिगतका बर्षमा एक दिन आयोजना हुँदै आएको शो यसबर्ष अझै बृहत र भब्य रुपमा आयोजना गरिएको उनको भनाई छ ।
अर्काे बर्ष सन् २०२३ का बिद्यार्थी डिजाइनरका फेसन शो हुने उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण