गाजामा इजरायली आक्रमण, १४ जना उद्दारकर्मीको शव भेटियो
गाजा । प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार गाजा पट्टीमा एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको गोली लागेर मारिएका १४ उद्धारकर्ताको शव फेला पारेको बताएको छ ।
अहिलेसम्म बरामद गरिएको शवको सङ्ख्या १४ पुगेको छ, जसमा प्यालेस्टाइन रेड क्रिसेन्ट टोलीका आठ इएमटी (आकस्मिक चिकित्सा प्राविधिक), पाँच सुरक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघका एजेन्सी कर्मचारी रहेको समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
मृतक कर्मचारी कुन संयुक्त राष्ट्र सङ्घको एजेन्सीमा काम गर्थे भन्ने कुरा स्पष्ट पारिएको छैन । इजरायली सेनाले एम्बुलेन्सहरूलाई ‘शंकास्पद सवारी साधन’ को रूपमा पहिचान गरेपछि गोली चलाएको स्वीकार गरेको छ ।
लगभग दुई महिनाको युद्धविराम पछि सेनाले गाजामा मार्च १८ मा पुनः बमबारी सुरु गरेपछि इजिप्टको सीमा नजिकैको दक्षिणी क्षेत्रमा इजरायलले नयाँ आक्रमण गरेको केही दिनपछि रफाह सहरको ताल अल–सुल्तान क्षेत्रमा यो घटना भएको हो ।
शनिबार रेड क्रिसेन्टले इजरायली अधिकारीहरूले आफ्ना चालक दललाई खोजी अभियानको लागि अनुमति अस्वीकार गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण