राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत

काठमाडौँ । बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा आइतबार राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आइतबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १२ देखि १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बताए । अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको हो ।
जटिल समस्याका रूपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए । नेपालमा बाहिरबाट आए यस्ता मिचाहा प्रजातिले स्थानीय जातलाई विस्थापित भई आफू स्थापित हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
-
सरकारको नीति तथा कार्यक्रममाथि प्रचण्डको टिप्पणी: संसदमा के–के भने ? (पूर्णपाठ)