आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।
६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जाेशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनाेज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो।
२०७९ सालमा भएको निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण