संसद् बैठक
संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाको होहल्ला
सोमबार, १८ चैत २०८१, ११ : ५५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदले अवरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले तीनकुने घटनाबारे बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध गरे । त्यसपछि राप्रपाका अन्य सांसद पनि उठे ।
त्यसक्रममा प्रधानमनत्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै व्यवस्था मास्छु भन्नेले श्रृंखलावद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए । सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए ।
सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध जनाएका छन् भने हो–हल्लाकै बिच प्रधानमन्त्रीले सम्बोधन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण