संसद् बैठक
संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाको होहल्ला
सोमबार, १८ चैत २०८१, ११ : ५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदले अवरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले तीनकुने घटनाबारे बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध गरे । त्यसपछि राप्रपाका अन्य सांसद पनि उठे ।
त्यसक्रममा प्रधानमनत्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै व्यवस्था मास्छु भन्नेले श्रृंखलावद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए । सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए ।
सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध जनाएका छन् भने हो–हल्लाकै बिच प्रधानमन्त्रीले सम्बोधन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की