‘अदालतमा रहेको विषयमा संसदमा प्रधानमन्त्रीले किन जवाफ दिनुभयो ?’
सोमबार, १८ चैत २०८१, १२ : २१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधीन विषयमा संसद्मा आएर जवाफ किन दिनुभयो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा शर्माले सभामुख देवराज घिमिरेले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीलाई बोलाएर संसद्मा जवाफ दिन किन बोलाएको भन्दै प्रश्न गरे ।
विपक्षी दलहरूले गत बुधवारबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएका थिए । त्यो अवरोधलाई खोल्न प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण