संसद् बैठक
तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग
सोमबार, १८ चैत २०८१, १३ : २०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू आन्दोलन नगरी, मान्छे नमारी यहाँसम्म आइपुग्नु भएको हो ?’
उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहित घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह