संसद् बैठक
तीनकुने घटना छानबिन गर्न न्यायिक आयोग बनाउन राप्रपाको माग
सोमबार, १८ चैत २०८१, १३ : २०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग बनाउन माग गरेका हुन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई प्रश्न गर्दै भने, ‘तपाईंहरू आन्दोलन नगरी, मान्छे नमारी यहाँसम्म आइपुग्नु भएको हो ?’
उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहित घोषणा गर्न माग गरे । १५ गतेको आन्दोलनमा आन्दोलनकारीले मात्रै ज्यादती नगरेको बताउँदै लिङ्देनले राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण