महाकुम्भकी भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ

नयाँ दिल्ली । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो ।
दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि एउटा सानो सहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ । यी केटीले नायिका बन्ने सपना देखेकी थिइन् ।
सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताइन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको छ ।
- महाकुम्भमा भाइरल भएकी थिइन् मोनालिसा
महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।
प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको बताएको छ, तर यसपटक प्रमाणको आधारमा कारबाही गरिएको छ । दिल्ली उच्च अदालतले उनको जमानत अस्वीकार गर्दै मुद्दा गम्भीर छ र अनुसन्धान पूरा नभएसम्म उनलाई हिरासतमा राख्नुपर्छ भनेको छ । यो घटनाले चलचित्र क्षेत्रमा पनि तरङ्ग उत्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर