महाकुम्भकी भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ
नयाँ दिल्ली । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो ।
दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि एउटा सानो सहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ । यी केटीले नायिका बन्ने सपना देखेकी थिइन् ।
सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताइन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको छ ।
- महाकुम्भमा भाइरल भएकी थिइन् मोनालिसा
महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।
प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको बताएको छ, तर यसपटक प्रमाणको आधारमा कारबाही गरिएको छ । दिल्ली उच्च अदालतले उनको जमानत अस्वीकार गर्दै मुद्दा गम्भीर छ र अनुसन्धान पूरा नभएसम्म उनलाई हिरासतमा राख्नुपर्छ भनेको छ । यो घटनाले चलचित्र क्षेत्रमा पनि तरङ्ग उत्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण