राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् ।
चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ ।
फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा 'ब्रेक' गरेर सञ्चालन गर्ने गरी खाका बनाउने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण