युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज सम्झौता र नेटो सदस्यताको सम्बन्धमा युक्रेनप्रति आफ्नो मनसाय फेरि व्यक्त गरेका छन् । यदि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सम्झौताबाट पछि हट्ने प्रयास गरे भने उनले ठुलो समस्याको सामना गर्न सक्ने उनले बताए । युक्रेन कहिल्यै पनि नेटोको सदस्य नहुने पनि उनले बताएका छन् ।
युक्रेन सम्झौतामा वार्ता पुनः सुरु गर्नुको कारणको रूपमा नेटोको सदस्यता प्राप्त गर्ने विचारलाई ट्रम्पले अस्वीकार गरेका छन् । ट्रम्पले भने– ‘जेलेन्स्की सम्झौता गर्न चाहन्थे । तर म देख्छु कि उनी खनिज सम्झौताबाट पछि हट्न खोजिरहेका छन् । यदि उसले यसो गर्यो भने, केही ठुला समस्याहरू उत्पन्न हुन सक्छन् । हामीले एउटा दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गरेका छौँ । जेलेन्स्कीले फेरि वार्ताको प्रस्ताव गरेका छन् । उनी नेटोको सदस्य बन्न चाहन्छन् । खैर, उनी कहिल्यै पनि नाटोको सदस्य बन्ने छैनन् । उनले यो कुरा बुझेको छन् ।’
पुटिनसँगको आफ्नो सम्बन्धबारे पनि ट्रम्पले मुख खोलेका छन् । ‘हामी सधैँ सँगै राम्रो छौँ । मलाई लाग्दैन कि उनी आफ्नो भनाइबाट पछि हट्नेछन् । म उसलाई लामो समयदेखि चिन्छु’ ट्रम्पले भने । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँग युद्धविराम सम्झौता नभएमा रुसमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
सबै प्रकारका तेलमा २५ देखि ५० प्रतिशतसम्म भन्सार लाग्ने बताइएको थियो । यतिमात्रै होइन । रुसबाट तेल किन्नेहरूलाई अमेरिकामा तेल मात्र नभई आफ्नो कुनै पनि उत्पादन बेच्न नपाउने पनि उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण