राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइयो: राजेन्द्र लिङ्देन
काठमाडौँ । वर्तमान व्यवस्था विरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा लिङ्देनले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसँग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप बताएका हुन् ।
उनले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभई जनताले व्यवस्था उल्टाउने तर्क गरे । लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप लगाए ।
हरेक आन्दोलनमा युवाहरूको योगदान रहने भन्दै युवा शक्तिलाई नहोच्याउन उनले चेतावनी दिए । त्यस्तै अध्यक्ष लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन हुनुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण