त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान सकिएको छ । बिहान सवा आठ बजेबाट सुरु भएको मतदान दिउँसो चार बजे सकिएको हो ।
६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा तीन हजा ११८ विद्यार्थीले मतदान गरेका थिए । विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानको नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ ।
आजको मतदान निकै शान्तपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचन हुन सकेको थिएन । नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए । उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो। २०७९ सालमा भएको निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी
-
गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउन विभागको आग्रह
-
राजीनामा दिएकी प्रदेश सभा सदस्य गीता गुरुङलाई सभामुखले पठाए पत्र