राजावादी प्रदर्शन
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
सोमबार, १८ चैत २०८१, १८ : ४७

काठमाडौँ । राजधानीको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा प्रसाई निकट देवी संग्रौला रहेका छन् ।
प्रहरीले उनलाई सोमबार काठमाडौँबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले उनलाई पक्राउ गरेको जानकारी दिँदै यससँगै राज्यविरुद्धको कसुरमा पक्राउ पर्नेको संख्या ११२ पुगेको बताए।
यसअघि राज्य विरुद्धको कसुरमा राप्रपाका नेता धवल शमशेर राणालगायत पक्राउ परेका थिए । शुक्रबार तिनकुनेमा व्यवस्थाविरोधी समूह राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।