राजावादी प्रदर्शन
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
सोमबार, १८ चैत २०८१, १८ : ४७
काठमाडौँ । राजधानीको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुर्गा प्रसाई निकट देवी संग्रौला रहेका छन् ।
प्रहरीले उनलाई सोमबार काठमाडौँबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले उनलाई पक्राउ गरेको जानकारी दिँदै यससँगै राज्यविरुद्धको कसुरमा पक्राउ पर्नेको संख्या ११२ पुगेको बताए।
यसअघि राज्य विरुद्धको कसुरमा राप्रपाका नेता धवल शमशेर राणालगायत पक्राउ परेका थिए । शुक्रबार तिनकुनेमा व्यवस्थाविरोधी समूह राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण