अपडेट
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
सोमबार, १८ चैत २०८१, १९ : ४९

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ ।
विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना रहेको एक मन्त्रीले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए ।
यस्तै संसदको चालु अधिवेशन बन्दको विषयमा निर्णय गर्ने सम्भावना रहेको पनि ती मन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?