एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
सोमबार, १८ चैत २०८१, २३ : २९
काठमाडौँ । सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा टेक्नोलोजीलाई उक्त सहयोग गर्ने निर्णय गरेको हो । ओली थाइल्यान्ड भ्रमणका क्रममा मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
थाइल्यान्ड भ्रमणका क्रममा ओलीले एआईटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसको नेपाल संस्थापक सदस्य पनि रहेको र नेपाल अहिले बोर्ड अफ ट्रस्टीको पनि सदस्य भएको नाता तथा संस्था आर्थिक संकटमा रहेकाले सो सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण