डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
मङ्गलबार, १९ चैत २०८१, ०८ : ३६
धनगढी । डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ। सिलगढी नगरपालिका–१ तिखामा दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट खसेर ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको छ।
प्रहरीका अनुसार बोहरा सोही जीपका धनी थिए। आदर्श गाउँपालिका–२ कुचेडाका बासिन्दा बोहरा जीपको पछाडिको ढालामा बसेका बेला सडकमा खसेका थिए।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबिच, प्रहरीका अनुसार जीप र चालक बिराज भट्टलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। चालक भट्ट आदर्श गाउँपालिका–३ नुवाकोटका २३ वर्षीय युवक हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण