बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । मङ्गलवार बिहान ९ बजेदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निष्कर्षविहीन बनेको हो ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आह्वान गरेको उक्त बैठकमा दलहरूबिच सहमति हुन नसकेको हो । सत्तापक्ष र प्रतिपक्ष बिचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष विहीन बनेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका सरकारले प्रतिपक्षलाई समेट्ने र हाउस चलाउने विषयमा गम्भीरता नदेखाउँदा सहमति जुट्न नसकेको हो । सर्वदलीय बैठकमा संसद् चलाउने वातावरण तयार गर्न प्रतिपक्षले माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको भनाई छ ।
प्रतिपक्षका तर्फबाट विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए । सो विषयमा सरकारले उचित जवाफ र सकारात्मक प्रतिक्रिया नजनाएपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको नेता जम्कट्टेलले बताए । सरकारको प्रतिबद्धता सहितको जवाफ नआए संसद् अघि बढ्न नसक्ने उनको भनाई छ ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालका अनुसार बैठकमा प्रतिपक्ष दलले उठाएको माग र मुद्धमा सरकारले सकारात्मक सङ्केत नदेखाएपछि निष्कर्ष निस्कन सकेन । विगतका सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको छानबिन समिति गठनका विषयमा सरकार सकारात्मक नरहेको उनले बताए । उक्त विषयमा सहमति जुट्न नसके संसद् बैठक प्रभावित हुने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण