इजरायलले बेरुतमा गरेको आक्रमणमा तीन जनाको मृत्यु
बेरुत । इजरायली सेनाले मंगलबार बिहान बेरुतको दक्षिणी उपनगरमा रहेको एक भवनलाई निशाना बनाएर गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भवनको माथिल्लो तीन तला क्षतिग्रस्त भएको थियो । आतङ्कवादी समूह हेजबुल्लाहका एक अधिकारीलाई लक्षित गरी आक्रमण गरेको दाबी इजरायली सेनाले गरेको छ ।
मर्ने को को हुन् भनेर हेजबुल्लाहले अहिलसम्म केही भनेको छैन । यो आक्रमणको लेबनानी राष्ट्रपति जोसेफ आउनले निन्दा गरेका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो आक्रमण हेजबुल्लाहका एक सदस्यलाई लक्षित गरी गरिएको थियो । उनी गाजा पट्टीमा प्यालेस्टिनी हमास समूहलाई इजरायल विरुद्धको आक्रमणमा सहयोग गरिरहेका थिए ।
सेनाले इजरायलको घरेलु गुप्तचर निकाय शिन बेटको निर्देशनपछि आक्रमण गरिएको बताएको छ । यसअघि, इजरायलले गत शुक्रबार लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको थियो, जुन नोभेम्बरमा इजरायली सेना र हेजबुल्लाहबीच युद्धविराम भएपछि पहिलो पटक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण