नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन
धनगढी । नेकपा एमालेका नेता नारदमुनि रानाले सुदूरपश्चिम प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयमा भएको आर्थिक चलखेलमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन्।
मङ्गलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू निर्दोष रहेको दाबी गर्दै अडियोमा आफ्नो नाम गलत रूपमा प्रयोग गरिएको बताए।
राजीनामा दिएका उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीसँगको भेटका क्रममा भएको कुराकानीको अडियो सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यमले आफ्नो फोटो राखी समाचार प्रकाशित गरेकोमा उनले आपत्ति जनाए।
रानाका अनुसार चौधरीले आफूलाई फोन गरी ‘दाजु, म तपाईँजस्तै मन्त्री भएको छु। हाम्रो संयुक्त सरकार पनि छ। चिया खाऔँ र सरसल्लाह गरौँ,’ भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावपछि मन्त्रीको कार्यकक्षमा आफू पुगेको उनले बताए । उनले भने, ‘त्यहाँ सचिवालयका केही व्यक्ति पनि थिए। मन्त्रीज्यूले काम गर्न गाह्रो भएको बताएपछि मैले दुई सुझाव दिएको थिएँ — पहिलो, कार्यदल बनाएर समय दिनुहोस्, जसले कार्यविधि तयार पारोस्। दोस्रो, लुम्बिनी प्रदेशको कार्यविधिलाई आधार मानेर आवश्यक परिमार्जन गर्नुहोस्,’
रानाले अडियोमा भएका अरू कुराहरू आफू अघि नभएको र कसैले अडियोमा अन्य संवादहरू जोडेको दाबी गरे। ‘अडियो तोडमोड गरेर प्रस्तुत गरिएको छ। आर्थिक चलखेलको कुरा मसँग कुनै पनि सम्बन्ध छैन,’ उनले स्पष्ट पारे।
उनले मन्त्रालयकै केही व्यक्तिले अडियो रेकर्ड गरी सार्वजनिक गरेको हुनसक्ने शंका व्यक्त समेत गरे ।
नेता रानाले मन्त्रालयलाई सफल बनाउन सकारात्मक सुझाव मात्रै दिएको र आर्थिक चलखेलमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरे।
विवादमा तानिएपछि चौधरीले पदबाट राजीनामा दिएका थिए। दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषद्बाट पारित गरी कार्यान्वयनका लागि आर्थिक चलखेल गर्ने योजना रहेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताको आधारमा राजीनामा दिएको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण