संसद्
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
मङ्गलबार, १९ चैत २०८१, १५ : १४
काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजै मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा बैठक बसेका छन् ।
जसमा ११८ घण्टा २१ मिनेट संसदीय कामकारबाही भएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अवधिमा अध्यादेशमार्फत आएका पाँच प्रतिस्थापन विधेयक पारित भएका छन् भने फागुन ४ र चैत ७ मा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् ।
सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा १२ र एक गैरसरकारी विधेयक दर्ता भएकोमा पाँच वटा विधेयक दुवै सदनबाट पारित भएका छन् भने चार वटा समितिमा विचाराधीन छन् ।
सचिवालयका अनुसार ३ वटा विधेयक सभामा प्रस्तुत मात्र भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण