भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
मङ्गलबार, १९ चैत २०८१, १९ : ०१
काठमाडौँ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा तीन सदस्य पद खाली भएको छ । यसअघि सदस्य रहेका निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुनमगरको १८ गते कार्यकाल सकिएसँगै तीन सदस्य पद रिक्त भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्ती हुँदै आएको छ । केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुर रहेका छन् । सञ्चार महाशाखा प्रमुख समेत रहेका उनी मन्त्रालयको प्रवक्ता पनि हुन् ।
कार्यकाल सकिएका सेन्सर सदस्य भूपेन्द्र, ऋषिराज र सरललाई आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ठाकुरले बिदाई गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण