फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
महोत्तरी । सशस्त्र प्रहरीले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको छ ।
मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
भारतबाट अवैध रुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडीलगायत फेन्सी सामानको बिलबिजक नभेटिएपछि गाडी नियन्त्रणमा लिइएकाे उनले जानकारी दिए । गाडीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा गाडीको भन्सार दाखिला मूल्य १८ लाखसहित जम्मा मूल्य २६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाइएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण