फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण

महोत्तरी । सशस्त्र प्रहरीले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको छ ।
मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
भारतबाट अवैध रुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको ब्याग, टोपी, बेल्ट, चस्मा, घडीलगायत फेन्सी सामानको बिलबिजक नभेटिएपछि गाडी नियन्त्रणमा लिइएकाे उनले जानकारी दिए । गाडीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा गाडीको भन्सार दाखिला मूल्य १८ लाखसहित जम्मा मूल्य २६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाइएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)