लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्ससामु जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको हो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । चौथो बलमा नै मिचेल मार्स शून्य रनमा अर्शदीप सिंहको शिकार भए । त्यसपछि ऐडन मार्क्रमले तीव्र गतिमा रन बनाउँदै १८ बलमा २८ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए ।
उनी चौथो ओभरमा लोकी फर्गुसनद्वारा बोल्ड हुन पुगे । कप्तान ऋषभ पन्त मात्र २ रन बनाएर पभेलियन फर्किँदा टोलीले ३ विकेटमा मात्र ३५ रन जोड्न सकेको थियो ।
त्यसपछि निकोलस पुरन र आयुष बडोनीले टोलीलाई सम्हाले । पुरनले ३० बलमा ४४ रनको योगदान दिए । उनले ५ चौका र २ छक्का हिर्काए । बडोनीले ३२ बलमा ४१ रन जोडे । उनले १ चौका र ३ छक्का हिर्काए ।
डेभिड मिरले १९ रन बनाए भने खेलको अन्त्यतिर अब्दुल सामदले १२ बलमा २७ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन, ग्लेन म्यासवेल, मार्को यानसेन र युजवेन्द्र चहलले १–१ विकेट हात पारे ।
लखनउले हालसम्म २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । पञ्जाबको भने यो दोस्रो खेल हो । टोलीले पहिलो खेल जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण