आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाव किङ्गसले अपराजित यात्रा कायम राखेको छ । आफ्नो दोस्रो खेलमा पञ्जावले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हरायो । पञ्जावले २२ बल बाँकी छँदै जम्मा २ विकेटको क्षतिमा खेलको नतिजा आफ्नो पोल्टामा पार्यो । पंजावका लागि प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार पाली खेले ।
यो जितसँगै पञ्जाब दुई खेलबाट चार अंक बटुल्दै शीर्ष दुईमा उक्लिएको छ । यसअघि पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो । लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउले तीन खेलबाट जम्मा दुई अंक जोडेको छ ।
लखनउले दिएको १७२ रनको लक्ष्य चुनौति पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनायो । पञ्जाबका लागि प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए । ३४ बल खर्चिएका उनले नौ चौका र तीन छक्का प्रहार गरे ।
कप्तान अय्यरले भने लगातार अर्धशतक पूरा गरे । अविजित रहेर उनले ३० बलमा तीन चौका र चार छक्काको मद्दतले ५२ रन बनाए । यसअघि उनले गुजरातविरुद्ध अविजित ९७ रन बनाएका थिए । यस्तै नेहाल वाधेरा ४३ रनमा अविजित रहँदा ओपनर प्रयान्स आर्या आठ रनमा पभिलियन फर्किए । लखनउका दिग्वेश राठीले ३० रन खर्चिएर दुई विकेट लिए ।
भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो । लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन बनाउँदा आयुष बडानीले ४१ रन जोडे । एडन माक्रराम २८, अब्दुल समाद २७ र डेभिड मिलर १९ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
बलिङतर्फ पञ्जावका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएर तीन विकेट हासिल गरेका हुन् । लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चहलको नाममा समान एक-एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण