कमेडियन सुन्दर खनाल : व्यक्ति एक, क्यारिकेचर अनेक
काठमाडौँ । रियल होस् वा रिलमा, यतिवेला पूर्वराजा ज्ञानेन्द्र शाह चर्चामा छन् । रियलमा शाहको चर्चा शुक्रबार आयोजित राजावादीहरूको आन्दोलन र त्यसले पुर्याएको नकारात्मक प्रभावका कारण भइरहेको छ । रिलमा भने कमेडियन सुन्दर खनालले हालै कमेडी रियालटी शो ‘कमेडी दरबारमा’ गरेको शाहको क्यारिकेचर (नक्कल) चर्चा छ ।
गत शुक्रबार साँझ प्रसारित ‘कमेडी दरबारमा’को ३१ औँ एपिसोडमा खनाल पूर्वराजा शाहको गेटअपसहित क्यारिकेचरमा देखिएका थिए । उनको गेटअप र प्रस्तुतिले शोका निर्णायकदेखि सर्वसाधारणको मन जित्न सफल रह्यो ।
शुक्रबारको राजावादी आन्दोलनबाट शाहलाई धेरैले नकारात्मक रूपमा हेरिरहेका समय शोमा खनालले उठाएको विषयवस्तु, प्रस्तुतिले उत्कृष्ट र समय सान्दर्भिक भएको प्रतिक्रिया पाएको छ । समाजमा भएका घटना विषयवस्तुका रूपमा उठाउने क्रममा राजावादी र गणतन्त्रवादीको पछिल्लो विषय आफूले कमेडीमा उठाएका खनालले बताए ।
खनाल पछिल्लो समय क्यारिकेचरमा पनि राम्रो मानिएका कमेडियन हुन् । पूर्वराजा शाह, प्रधानमन्त्री केपी शर्मा ओली, विजय कुमार, मदकृष्ण श्रेष्ठ, नारायण प्रसाद पोखरेल, स्वामी हरिदासदेखि युट्युबर उत्सव रसाइली गरेर उनले दर्जन बढी व्यक्ति र पात्रको क्यारिकेचर गरिसके । तीमध्ये धेरै दर्शकको रोजाइमा परेका छन् । उनले गरेका ६ क्यारिकेचर उनकै शब्दमा ।
पूर्वराजा ज्ञानेन्द्र शाह : गत शुक्रबार प्रसारित कमेडी शो ‘कमेडी दरबारमा’को ३१ औं भागमा म शाहको क्यारिकेचर देखिएको थियो । म कमेडीमा जहिले पनि समसामयिक विषयवस्तु उठाउन रुचाउँछु । सोही क्रममा पछिल्लो समय राजावादी र गणतन्त्रवादीको दुई विभाजनले देशमा अस्थितरता ल्याइरहेको विषयमा मेरो ध्यान गयो । विषयवस्तुमा सान्दर्भिक छ र केही गर्नुपर्छ भनेर मैले उठाउने विचार गरेँ । यो विषय मैले म भएर भन्दा शाह भएर उठाउँदा राम्रो हुन्छ भनेर उहाँको क्यारिकेचरमा उत्रिएँ ।

शाह एउटा इतिहास बोकेको पात्र । उहाँको क्यारिकेचर सजिलो भने थिएन । उहाँको लिगेसीमा प्रश्न गर्न छाड्नु पनि भएन र उहाँप्रति अन्याय हुन्छ कि भनेर ध्यान पनि दिनुपर्थ्यो । अन्य क्यारिकेचर भन्दा उहाँको गर्दा मैले धेरै कुरोमा रिसर्च गरेँ । किनभने यो सेन्सेटिभ समय पनि हो । उहाँबारे के बोल्ने, के नबोल्ने, कति बोल्ने धेरै ध्यान दिनुपर्छ । डराइडराई मैले उहाँको क्यारिकेचर गरेँ । क्यारिकेचर र कन्टेन्ट दुबै पब्लिकले रुचाउनुभयो । म कमेडीमा केही न केही सन्देश हुनुपर्छ भन्नेमा सचेत छु । यो पात्रमार्फत पनि मैले देश खाली भइरहेको कुराको सन्देश बाँडेँ । मेरो अहिलेसम्मकै गाह्रो क्यारिकेचर यो थियो ।
केपी शर्मा ओली : ओलीको क्यारिकेचर मभन्दा अगाडि धेरै कमेडियनले पनि गरेका छन् । उहाँ चर्चित पात्र भएकोले सबैको रोजाइमा पर्छ । म कमेडीमा समाजको तत्कालीन विषय उठाउँछु । मिडियादेखि सबैतिर भाटभटेनी, गिरीबन्धु टि लगायत विभिन्न कुरा उहाँको विषयमा उठिरहेको समय मैले उहाँको क्यारिकेचर गरेको थिएँ । उहाँ समय–समयमा कन्ट्रोभर्सी गर्ने व्यक्ति हो । त्यसैले कमेडी दरबारमा उहाँको क्यारिकेचर मैले धेरै पटक गरिसकेको छु ।

जति पटक गर्दा पनि दर्शकले रुचाउनुभएको छ । उहाँको क्यारिकेचरका लागि विषय धेरै पाइन्छ । तर मलाई जोखिम लाग्छ । त्यसैले उहाँको क्यारिकेचरमा म कन्टेन्टभन्दा बढी म उहाँको गतिविधि उठाउँछु । त्यसमा दर्शक रमाएका छन् । चर्चित पात्र क्यारिकेचरका लागि सजिलो हुने भए पनि कन्टेन्ट के बनाउने र कति बोल्ने भन्ने विषय गाह्रो हो । उहाँमाथि प्रहार गर्दा समाज खनिने डर हुन्छ । ओलीको कार्यकर्ताबाट पात्रको विषयमा राम्रो रेस्पोन्स पाएको छु । उहाँले हेर्नुभएको छ÷छैन थाहा छैन । एकपटक उहाँकै अगाडि ओली बनेर देखाउन मन छ ।
भष्मे डन (विपिन कार्की) : फिल्म ‘पशुपति प्रसाद’मा कलाकार विपिन दाइलले निर्वाह गरेको यो भष्मे डन चरित्र एकदमै पपुलर छ । यो पात्रको छाप बच्चादेखि वृद्धसम्म छ । भष्मे डन भनेपछि फिल्ममा विपिन दाइले गरेको गेटअप, बोली र चरित्र सम्झना आउँछ । भष्मे डनको क्यारिकेचर मैले कमेडी क्लब गरेको हो । जब यो कार्यक्रममा विपिन कार्की दाइ गेस्टका रूपमा आउने कुरो भयो । मलाई उहाँलाई चिनाउने क्यारेक्टर उहाँकै अगाडि गर्न मन लाग्यो । यो चरित्र रोजे र उहाँको अगाडि गरेँ । प्रस्तुति अगाडि म एकदमै डराएको थिएँ । उहाँले राम्रो प्रतिक्रिया दिएपछि म पनि राम्रो कलाकार रहेछु भन्ने लाग्यो । यो क्यारिकेचरका लागि फिल्म पशुपति प्रसाद १० पटकभन्दा बढी हेरेँ । गेटअप नियालेँ, हिँडाइ, सुस्केरालगायत ए–टु–जेड नियालेँ । विपिन दाइको मात्र होइन, यो क्यारिकेचरमा दर्शकको प्रतिक्रियासमेत राम्रो आयो । यो क्यारेक्टर धेरै मानिसले गरेका पनि छन् । तीभन्दा नराम्रो भयो भने मार्छन् भनेर पहिले कमेडी टिमका अगाडि राखेको थिएँ । टिमले हौस्याएपछि देखाउन आँट आयो ।
_48DRn7gVNv.jpg)
प्रकाश सुवेदी : मैले धेरै चर्चा पाएको क्यारिकेचरमध्ये प्रकाश सुवेदीको चिप्ल्याउने अंकल गेटअप एक हो । त्यसैले यो क्यारिकेचर मैले धेरै ठाउँमा, धेरै पटक गरिसकेँ । चर्चा सधैँ राम्रो मिल्ने गरेको छ । धेरै ठ्याक्कै प्रकाश सुवेदी भन्छन् । यो क्यारिकेचर पहिलो पटक लकडाउनमा गरेको हो । त्यो समय म युट्युबमा छोटा कमेडी गर्थेँ । कमेडी खोज्ने सिलसिलामा मेरो ध्यान कलाकारको विवादतिर गयो । कलाकारलाई बढी विवादमा ल्याउने काम ‘प्रकाश सुवेदी शो’ले गरिरहेको थियो ।

त्यो समय गेटअप गर्ने समस्याले कन्टेन्ट बनाए पनि गर्न पाइनँ । जब कमेडी च्याम्पियनमा गएँ । त्यही कन्टेन्ट चिप्ल्याउने अंकल भनेर गरेँ । यो एकदमै हिट भयो । मेरो क्यारिकेचरपछि प्रकाश सुवेदी दाइको नाम चिप्ल्याउने अंकल भनेर बजारमा चल्यो । अहिलेसम्म मैले यो क्यारिकेचर धेरै पटक गरिसकेको छु । सबैले ठ्याक्कै सुवदी देखिएको, कति राम्रो गरेको भन्छन् । प्रकाश सुवेदीकै अगाडि गर्दा पनि उहाँले ठ्याक्कै मिलाएको भनेर धन्यवाद दिनुभयो । अहिले पनि भेट हुँदा पनि प्रकाश दाइ व्यङ्ग्य गरेर बोलाउनुहुन्छ, ‘चिप्ल्याउने अंकल भनेर मेरो नामकरण गर्ने भाइ ।’ यो क्यारिकेचर कमेडी च्याम्पियन, गाईजात्रा कार्यक्रम हुँदै अहिले कमेडी दरबारमा पनि गरिरहेको छु । धेरै क्यारेक्टर गरिसक्दा पनि प्रकाश सुवेदीको गहिरो छाप दर्शकमा परेको रहेछ । अर्काे क्यारेक्टर गर्दा भन्छन्, ‘चिप्ल्याउने अंकलले अर्काे क्यारेक्टर ग¥यो ।’
उत्सव रसाइली : लकडाउनमै कलाकार विवादित प्रसङ्ग रिसर्च गर्दा युट्यबरबाट उत्सव रसाइली मैले पाएँ । कलाकारसँग गर्ने प्रश्न गर्ने तरिकादेखि प्रश्नसम्म उनका अन्यभन्दा बेग्लै थिए । उनको रिसर्च गरेर पहिलो पटक उत्सवको क्यारिकेचर कमेडी च्याम्म्पियनमा गरेँ । विनागेटअप उनको क्यारिकेचरको ठिकै चर्चा भयो । त्यो समय यो पात्र गेटअपसहित गरियो भने चर्चा हुने मेरो बुझाइ रह्यो । ‘कमेडी दरबार’मा उत्सवको गेटअपसहित उठाएँ ।

क्यारिकेचरमा युट्युबरको खराबी र प्रश्नको स्तर व्यङ्ग्यको विषय बनाएँ । कार्यक्रममा उत्सवले निकै रमाइलो मान्नुभएको थियो । बाहिर उनी रोएको भनेर आयो । मेरो क्यारिकेचर हेर्न उहाँ परिवारसहित आउनुभएको थियो । त्यहाँ मेरो विषय उठ्नु मेरा लागि सफलता हो भनेर स्ट्रगल सम्झिएर रुनुभएको थियो । उहाँले आफ्नो क्यारिकेचर गरेकोमा धन्यवाद दिनुभएको छ । क्यारिकेचरमा लुक्स, हिँडाइदेखि हाउभाउ सबै मिलेका दर्शकदेखि उत्सवले पनि प्रतिक्रिया दिएका थिए ।
सागर लम्साल ‘बले’ : बलेको क्यारिकेचर म स्कुल पढ्दा पनि गर्थेँ । त्यो समय क्यारिकेचर के भनेर पनि मलाई थाहा थिएन । किनभने सिरियलमा ‘बले’ चरित्र हिट थियो । त्यही भएर मैले नक्कल गर्थेँ । जनता टीभीमा नेपाली कमेडी शो भन्ने कार्यक्रममा पनि मैले ‘बले’ क्यारेक्टर गरेँ । राम्रो चर्चा भयो ।

पछिल्लो समय ‘कमेडी दरबारमा’मा गरेको थिएँ । त्यसले हंगामा गर्यो । फिल्म ‘लाज शरणम्’ प्रचारको सिलसिलामा सागर दाइ गेस्ट बनेर आउने भएपछि उहाँको अगाडि मलाई त्यही क्यारिकेचर गर्न मन लाग्यो । उहाँसँगको कुराकानीपछि उहाँकै गेटअपको ड्रेस मागेर मैले गरेको थिएँ । दर्शकले क्यारिकेचर रियलझैँ लाग्यो भनेर हौसला दिए । सानैदेखि नियालेको पात्र भएकाले उहाँको हाउभाउका लागि पनि मलाई धेरै समय लागेन । अहिले कतिपय स्थानमा कार्यक्रम गर्न जाँदा बलेको चरित्र गरिदिनुस् भनेर अनुरोध गर्छन् । क्यारिकेचरको पनि फर्माइस हुँदा अलग्गै सन्तुष्टि मिल्दो रहेछ । क्यारिकेचरमा सागरका जीवनका विभिन्न प्रसङ्ग कोट्याएको थिएँ एउटा टिकटकरले विवाद झिकिन् । पात्रको चर्चा र विवाद राम्रै भयो । विवाद भए पनि हामीले युट्युबमा केही मिलाएका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण