‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
गलकोट । बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ ।
‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै गत फागुन २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएपछि सहयोग अभियान सुरु भएको थियो । यही चैत १९ गते अभियान बन्द गरिएको छ ।
५० लाख सङ्कलन गर्ने उद्देश्य राखिएकामा यो अवधिमा ६८ लाख ८६ हजार सङ्कलन भएकाले अभियानलाई बन्द गरिएको बालिकाका बुबा सागर खत्रीले जानकारी दिए । बालिकाको उपचारमा परिवारले ५० लाख खर्च गरिसकेपछि आर्थिक अभाव भएकाले सहयोग अभियान थालिएको उनले बताए । अभियानको एक महिनामै देश विदेशमा रहेका आमनेपालीबाट लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण