रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
काठमाडौं । इन्डियन प्रिमिरय लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले फेरि लय पक्डिएको छ । यसले आफ्नो तेस्रो खेलमा महत्वपूर्ण सफलता हात पार्यो । गुजरातले आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले हराउँदै फेरि लय पक्डिएको हो ।
रोयल च्यालेन्जर्सले गुजरातलाई जितका लागि १७० रनको चुनौति दिएकामा उसले १७.५ अर्थात् १३ बल बाँकी छँदै मात्र २ विकेटको क्षतिमा पार गर्यो । गुजरातका लागि जोस बट्लरले अविजित ७३ रन बनाउँदा ओपनर साई सुदर्शनले ४९ रनको योगदान दिए । बट्लरले ६ छक्का र ५ चौका प्रहार गर्दै विष्फोट ब्याटिङ् गरेका हुन् । यस्तै, शेयरफेन रदरफोर्डले अविजित ३० रन बनाउँदा कप्तान शुबमन गिलले १४ रन बनाए । बलिङतर्फ रोयल च्यालेन्जर्सका भुवनेश्वर कुमार र जोश हेजलवुडले एक–एक विकेट लिए ।
यसअघि, एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । लियाम लिभिङस्टोनक अर्धशतक बनाए पनि रोयल च्यालेन्जर्स बैंग्लुरुले गुजरातसामु सामान्य लक्ष्य प्रस्तुत गर्यो । लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । ४० बल खेलेका उनले एक चौका र पाँच छक्का प्रहार गरे । जीतेश शर्माले २१ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन बनाए ।
यस्तै, टिम डेभिड ३२, फिल साल्ट १४ र कप्तान रजत पाटिदार १२ रनमा आउट हुँदा अन्यले खासै प्रदर्शन गर्न सकेनन् । गुजरातका मोहम्मद सिराज एक्लैले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । शाई किशोरको नाममा दुई विकेट रह्यो ।
योसँगै गुजरात चार अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि लगातार दुई खेल जितेको रोयल च्यालेन्जर्स बैंग्लुरु अहिले पनि गुजरात भन्दा अघि तेस्रो स्थानमा छ भने पञ्जाव किङ्स शीर्ष स्थान र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण