अफसाइडको सटिक निर्णय लिन प्रिमियर लिग फुटबलमा लागू हुँदैछ यो प्रविधि
काठमाडौँ । पछिल्लो समय विश्व फुटबलमा पनि प्रविधिको व्यापक प्रयोग हुन थालेको छ । तर, फुटबल खेलमा अफसाइडको सटिक निर्णय लिनु सधैँ चुनौतीको विषय बन्दै आएको छ ।
यही समस्याको समाधान खोज्न इङ्लिस प्रिमियर लिग फुटबलमा एउटा नयाँ प्रविधि लागू गरिने भएको छ । प्रिमियर लिगमा यसै महिनादेखि ‘सेमी–अटोमेटेड’ प्रविधि लागू गरिने समाचारमा जनाइएको छ ।
‘सेमी–अटोमेटेड’ प्रविधि लागू भएपछि अफसाइडको सटिक निर्णय लिन सहयोग पुग्ने विश्वास लिइएको छ । प्रिमियर लिगमा यो प्रविधि अप्रिल १२ तारिखदेखि लागू हुने बताइएको छ ।
त्यसअघि यो प्रविधिको सफल परीक्षण गरिएको थियो । यो प्रविधि परीक्षणका रुपमा एफए कपको पाँचौँ चरणमा लागू गरिएको थियो । त्यसको नतिजा सकारात्मक आएको समाचारमा जनाइएको छ । त्यसैले अब प्रिमियर लिगमा ‘सेमी–अटोमेटेड’ प्रविधि लागू गर्न लागिएको हो ।
‘पहिले खेलका क्रममा अफसाइडको निर्णय लिन भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि प्रयोग गरिन्थ्यो । तर, अब सेमी–अटोमेटेड प्रविधिले पनि भीएआरलाई सहयोग गर्नेछ,’ प्रिमियर लिगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो प्रविधिले खेलमा हरक्षण खेलाडीको प्रत्येक गतिविधिलाई निरीक्षण गर्नेछ । अघिल्लो वर्ष नै प्रिमियर लिगमा सहभागी सबै क्लबले ‘सेमी–अटोमेटेड’ प्रविधि लागू गर्न सहमति जनाएका थिए । यो प्रविधि केही समयअघि नै लागू गर्नुपर्ने थियो ।
तर, प्रविधिमा केही समस्या देखिएकाले विलम्ब भएको समाचारमा जनाइएको छ । समाचारमा जनाइए अनुसार, प्रिमियर लिगले यो प्रविधि पीजीएमओएलका अतिरिक्त स्पोर्टस तथा डाटा टेक्नोलोजी कम्पनी जिनियस स्पोर्टससँग मिलेर तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण