प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगर प्रहरी र कर्मचारी आमनेसामने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगर प्रहरी र कर्मचारी आमनेसामने भएका छन् ।
केही जनप्रतिनिधि कर्मचारीहरू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ महानगरमा आउनुपर्ने माग गर्दै कमलादीस्थित महानगर पालिकाको कार्यालयमा जम्मा भएका छन् । उनीहरू गुरागाईंको स्वागतमा पर्खेर बसेका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउने भएकाले पर्खिरहेको बताए ।
‘महानगरमा केही भएको छैन । अहिले उहाँलाई हामी पर्खिरहेका छौँ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत कार्य गरेको भए उचित कारबाही गरिनुपर्ने उनीहरूको माग छ । साथै सरकारले तत्काल कर्मचारी सरुवा र नियुक्ति गर्नुपर्ने माग छ ।
उता महानगर प्रमुख बालेन शाहले भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न महानगर प्रहरी खटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण