आगामी आवमा सात प्रदेशले राजश्व बाँडफाँट बापत ७८ अर्ब पाउने, कुनलाई कति ?
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा देशमा सात प्रदेशले झन्डै ७८ अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा प्राप्त हुने रकम सो बराबर हुने अनुमान गरेको हो ।
यस अनुसार कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख, बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख, कर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख, सुदूरपश्चिम प्रदेशको ९ अर्ब ८७ करोड २५ लाख, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ रहेको छ ।
अहिले आन्तरिक उत्पादनतर्फको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कबाट प्राप्त हुने राजश्वमा १५ प्रतिशत र रोयल्टी बापतको रकममा २५ प्रतिशत रकम प्रदेशमा बाँडफाँट भएर जाने व्यवस्था छ । यसरी बाँडफाँट हुने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्र अनुसार बाँडफाँट सम्बन्धित प्रदेशमा विभाजन गर्ने व्यवस्था छ । यो भने राजश्वको हिस्सा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण