ट्रम्पको अतिरिक्त भन्सार महसुल विश्व अर्थव्यवस्थाका लागि ठुलो धक्का
ब्रसेल्स । अमेरिकाले विश्वका ६० देशहरूमाथि पारस्परिक महसुल लगाएको छ । जुन देशले आफ्नो देशको सामानमाथि जति महसुल लगाएको छ, उति नै लगाउने धम्की दिएका डाेनाल्ड ट्रम्पले हालै केही नरम भएर भनेको आधा शुल्क लगाएका छन् ।
ट्रम्पको यो घोषणाप्रति विश्वरभरबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकाले लगाएको करलाई विश्व अर्थतन्त्रको लागि ठुलो धक्काको रूपमा वर्णन गरेकी छिन् ।
‘यो स्पष्ट छ कि यसको गम्भीर परिणाम हुनेछ, विश्वव्यापी अर्थतन्त्रले ठुलो क्षति बेहोर्नेछ, अनिश्चिय बढ्नेछ र लाखौं मानिसहरूलाई घाटा हुनेछ ।’ उनले भनिन् । शुल्कको प्रभाव तुरुन्तै देखिने र शुल्कले विशेष गरी कमजोर वर्गहरूलाई हानी पुर्याउने पनि उनले बताइन् । आफ्नो वक्तव्यको अन्त्यमा, भोन डेर लेयनले युरोपको एकतामा जोड दिएकी थिइन् ।
‘हामी सबै (युरोप) यसमा एकसाथ उभिएका छौँ । यदि तपाईँ हामीमध्ये कोही एकलाई निशाना बनाउनु हुन्छ भने तपाईँ हामी सबैलाई चुनौती दिइरहनुभएको छ । हाम्रो एकता हाम्रो शक्ति हो ।’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण