ट्रम्पको अतिरिक्त भन्सार महसुल विश्व अर्थव्यवस्थाका लागि ठुलो धक्का

ब्रसेल्स । अमेरिकाले विश्वका ६० देशहरूमाथि पारस्परिक महसुल लगाएको छ । जुन देशले आफ्नो देशको सामानमाथि जति महसुल लगाएको छ, उति नै लगाउने धम्की दिएका डाेनाल्ड ट्रम्पले हालै केही नरम भएर भनेको आधा शुल्क लगाएका छन् ।
ट्रम्पको यो घोषणाप्रति विश्वरभरबाट प्रतिक्रिया आइरहेको छ । यसै क्रममा युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकाले लगाएको करलाई विश्व अर्थतन्त्रको लागि ठुलो धक्काको रूपमा वर्णन गरेकी छिन् ।
‘यो स्पष्ट छ कि यसको गम्भीर परिणाम हुनेछ, विश्वव्यापी अर्थतन्त्रले ठुलो क्षति बेहोर्नेछ, अनिश्चिय बढ्नेछ र लाखौं मानिसहरूलाई घाटा हुनेछ ।’ उनले भनिन् । शुल्कको प्रभाव तुरुन्तै देखिने र शुल्कले विशेष गरी कमजोर वर्गहरूलाई हानी पुर्याउने पनि उनले बताइन् । आफ्नो वक्तव्यको अन्त्यमा, भोन डेर लेयनले युरोपको एकतामा जोड दिएकी थिइन् ।
‘हामी सबै (युरोप) यसमा एकसाथ उभिएका छौँ । यदि तपाईँ हामीमध्ये कोही एकलाई निशाना बनाउनु हुन्छ भने तपाईँ हामी सबैलाई चुनौती दिइरहनुभएको छ । हाम्रो एकता हाम्रो शक्ति हो ।’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
असारको राशिफल : हेर्नुहोस् महिनाभरको आफ्नो भाग्य
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै